×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्वारेन्टाइनमा बसेका बैंकरका पीडा: ‘१ महिनाको तलव होटलमै सकिने भो… यहाँबाट निस्केपछि कसरी खर्च चलाउनू ?’

अर्थ सरोकार

प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार

PRIME CA

क्वारेन्टाइनमा बसेका बैंकरका पीडा: ‘१ महिनाको तलव होटलमै सकिने भो… यहाँबाट निस्केपछि कसरी खर्च चलाउनू ?’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभरका विभिन्न बैंकहरुमा कोरोनाको त्रास छ । अझ विभिन्न बैंकमा कार्यरत कर्मचारीमै कोरोना संक्रमण देखिएपछि कर्मचारीहरु त्रासमा छन् । अझ धेरैले नदेखेको दुख त क्वारेन्टाइनमा बस्नेहरुलाई छ । त्यसमा पनि होटलमा क्वारेन्टाइनमा बस्नेहरुलाई । उनीहरुलाई घरमा घरभेटीले आउन नदिने वा घरकाले पनि होटलमै बस्नू भन्ने गरेकाले धेरै बैंकरहरु होटलमै क्वारेन्टाइनमा बसिरहेका छन् । संक्रमित नभएकाले उनीहरुलाई संक्रमितले बीमावापतको रकम पाएजस्तै रकम पनि आउंदैन । धेरैजसो बैंकमा यस्तो खर्च अहिले बैंकले बेहोरेको पनि छैन । उनीहरुले आफ्नै तलवबाट यो रकमको जोहो गरिरहेका छन् । झन्डै २ हप्ता होटलमा बस्दा खान बस्न हुने खर्च उनीहरुले आफैंले तिरिरहेका छन्। 
यसको एउटा प्रतिनिधि बैंकरको समूह लहानमा छ ।  राहाको लहान स्थित ग्लोबल आईएमई बैकमा कार्यरत कर्मचारीमा कारोना संक्रमण पुष्टी भएपछी त्यहाँका २२ कर्मचारीहरुमध्ये केहि होटलमा बसेका छन् । उनीहरु आफ्नै खर्चमा क्वारेन्टाइनमा बसेका छन् ।
होटलमा बसेकामध्येका एक आफन्त अर्थ सरोकार डटकममा फोन गर्दै भन्छन्, ”१ महिनाको तलव होटलमै सकिने भो… यहाँबाट निस्केपछि कसरी खर्च चलाउनू ? भनेर गुनासो आएको छ । यो गुनासो बैंकसम्म पुर्याईदिनुपर्यो ।’ उनको कुरा सुनिसकेपछि हामीले ग्लोबल आइएमइ बैंकका सूचना अधिकारी सुरेन्द्र राज रेग्मीलाई फोन गर्यौं । तर यसपटक भन्दा अघिका समयहरुजस्तै यसपटक पनि उनको फोनको रेस्पोन्स आएन। 
स्थायी घर महोत्तरी भई लहान शाखामा कार्यरत ३० वर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय सिरहाका प्रमुख कृष्णदेब यादवले पुष्टी गरेका छन् । उनका अनुसार केही दिन अगाडि बिरामी परेर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका उनमा कोरोना संक्रमण पुष्टी भएको हो । उनको स्वास्थ्यस्थिति सामान्य रहेको समेत उनको भनाइ छ ।
ग्लोबल आइएमइको लहान शाखाको कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि शनिवार ४ः३० बजे नै उक्त बैङ्क सिल गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरिक्षक शरत थापा क्षेत्रीले बताएका छन् । कर्मचारीलाई संक्रमण देखिएपछि बैंकमा कार्यरत २२ जना कर्मचारी सबैलाई एकै स्थानमा क्वारेन्टाइनमा राखिएको छ ।
ग्लोबल आइएमइ बैंकका कर्मचारीमात्र होइन धेरै बैंकका कर्मचारीहरु अहिले क्वारेन्टाइनमा छन् । कतिपय बैंकरहरु घरभेटीले घर आउन नदिएका कारण होटलमा क्वारेन्टाइनमा बस्न बाध्य भएका छन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: