×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबैभन्दा बढी कर्मचारी कोरोना संक्रमित भएको बैंक बन्यो ग्लोबल आइएमइ, सयौं बैंकर क्वारेन्टाइनमा !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सबैभन्दा बढी कर्मचारी कोरोना संक्रमित भएको बैंक बन्यो ग्लोबल आइएमइ, सयौं बैंकर क्वारेन्टाइनमा !

Artha Sarokar

२९ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सबैभन्दा बढी कोरोना संक्रमित कर्मचारी ग्लोबल आइएमइ बैंक रहेको खुलासा भएको छ । बैंकका विभिन्न शाखामा कार्यरत २ दर्जन बढी कर्मचारी कोरोना संक्रमित भएको पुष्टी भएसँगै यस्तो रहस्य बाहिरिएको हो । बैंकको नेपालगंजस्थित शाखाहरुमा सबैभन्दा बढी कर्मचारी कोरोना संक्रमित भएका छन् भने बैंकको लहान लगायतका अन्य शाखामा पनि कर्मचारीहरु कोरोना संक्रमित भएका छन् ।
यस्तै बैंकको जनकपुरस्थित शाखाका कर्मचारीमा पनि कोरोना संक्रमण भएको पुष्टी भएको छ । कोरोना संक्रमित भेटिएपछी बैंकको उक्त शाखा सिल गरिएको छ । अहिले संक्रमितहरुको आइसोलेसनमा उपचार भइरहेको छ भने अन्य सहकर्मीहरु क्वारेन्टाइनमा रहका छन् ।
अर्थ सरोकारलाई प्राप्त तथ्यांक अनुसार अहिले ग्लोबल आइएमइ बैंकका सयौं कर्मचारी क्वारेन्टाइनमा छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी