
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कोरोना संक्रमित कर्मचारी भएको बैंक ग्लोबल आइएमइ बैंकको कान्तिपथ शाखाका कार्यरत एक महिला कर्मचारीमा कोरोना पुष्टी भएको छ । केहि दिनअघि निरन्तर रुघा लागिरहेकि उनलाई परिक्षणका क्रममा कोरोना संक्रमण पुष्टी भएको हो । उनलाई संक्रमण पुष्टी भएपछी अहिले उक्त बैंक सिल गरिएको छ भने बैंकमा कार्यरत उनका सहकर्मीहरुलाई क्वारेन्टाइन पठाईएको छ ।
https://arthasarokar.com/2020/08/Beema-4.html
निरन्तर रुघा लागिरहेपनि उनी निरन्तर अफिस आउने गरकी थिइन् । बैंकमा कार्यरत कर्मचारीको बैंकले कोरोना बीमा समेत गरेको थिएन । झन्डै ३ दर्जन बढी कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएपछी मात्र बैंकले शुक्रबार सबै कर्मचारीको कोरोना बीमा गराएको थियो । शुक्रबार नै कोरोना पुष्टी भएकाले सो बीमाले पोलिसीले उनलाई छुँदैन ।
https://arthasarokar.com/2020/08/Global-IME-Bank-Corona-4.html
केही दिनअघि उनी आफ्ना बुवालाई भेट्न माइती गएकी थिइन् । माइती गएर फर्केलगतै उहाँकाे बुवा र दाइलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
कान्तिपथ शाखा ग्लोबल आइएमइ बैंकको ठुलो शाखामध्ये एक हो ।
स्मरण रहोस् अर्थ सरोकारले केहि दिनअघि मात्र विदा सकिने डरले कर्मचारीहरु रुघा लाग्दा पनि कार्यालय आएकाले विशेष व्यवस्था गर्नुपर्ने रायसहितको विश्लेशणात्मक समाचार प्रकाशन गरेको थियो ।
https://arthasarokar.com/2020/08/Corona-Leave.html
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्