- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रति तोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) प्रति १० ग्राम सुनको मूल्य ८४ हजार ३ सय ६५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य प्रति १० ग्राम १ हजार १ सय ३६ रुपैयाँ कायम गरेको छ ।