×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुडविल फाइनान्सको खुद नाफा २८.८९ प्रतिशतले घट्यो, अन्य सूचकको कस्तो छ अवस्था ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

गुडविल फाइनान्सको खुद नाफा २८.८९ प्रतिशतले घट्यो, अन्य सूचकको कस्तो छ अवस्था ? (विवरणसहित)

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गुडविल फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले १० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २८.८९ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १५ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी ८.७९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २४ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष बढाएर २७ करोड १२ लाख रुपैयाँ पुर्याएको छ । यता, समीक्षा अवधिमा सञ्चालन नाफा भने १७ करोड ४४ लाख रुपैयाँबाट घटेर १५ करोड ३ लाख रुपैयाँमा सिमित भएको छ ।  
यो चौथौ त्रैमाससम्ममा कम्पनीले ७ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३७ करोड ३९ लाख रुपैयाँ रहेको छ ।
यता, कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ८१ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: