×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वभर गुगल डाउन !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विश्वभर गुगल डाउन !

४ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । संसारभर नै सबैभन्दा ठूलो आईटी कम्पनी गुगल डाउन भएको छ । कम्पनीको जिमेल सर्भिस र गुगल ड्राइभ सर्भिस बुधबारदेखि नै विश्‍वभर डाउन भएको हो । जिमेलमा फाइल एट्याच नहुने सबैभन्दा ठूलो समस्या देखिएको छ । 
गुगलका यी दुवै सर्भिसमा समस्या डेस्कटपका एपमा पनि देखिएको छ । कम्पनीले पनि यस कुराको पुष्टि गरेको छ । यस सम्बन्धमा ट्विटरमा पछिल्लो एक घण्टामा लाखौं प्रयोगकर्ताले गुगललाई गुनासो गरेका छन् । बुधबार १९ अगस्टदेखि नै जिमेलमा फाइल एट्याच भइरहेको छैन ।
जिमेलमा फाइल एट्याच गर्न खोज्दा बारम्बार जम्प गरिरहेको छ। त्यसपछि फेरि एट्याच हुन खोज्छ। यो समस्या बिहीबार पनि हल भएको छैन। यता कम्पनीले यस समस्याको जाँच सुरू गरेको छ । गुगलका अनुसार गुगल मिट, गुगल भ्वाइस र गुगल डक्समा देखिएको प्राविधिक समस्याका आधारमा नयाँ अपडेट थालिएको छ । अर्कातिर कयौँ प्रयोगकर्ताहरूले युट्युबमा भिडियो अपलोड नभएको पनि गुनासो गरिरहेका छन् । -एजेन्सी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: