Skip to content
LAXMI SUNRISE BANK

आंशिक प्राध्यापकहरुद्वारा गोरखा क्याम्पसमा तालाबन्दी, समान कामको समान ज्याला हुनुपर्ने माग

अर्थ सरोकार

गोरखा
  • अर्थ सरोकार सम्बाददाता 
गोरखा । गोरखा क्याम्पसका आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । आफूहरुलाई करार गर्नुपर्ने माग राख्दै आइतबार आशिंक प्राध्यापक संघ गोरखा क्याम्पस इकाइ समितिले तालाबन्दी गरेको हो ।
‘१५ बर्ष भइसक्यो आशिंक प्राध्यापकको रुपमा पढाउदै आएको,’ समितिकी उपाध्यक्ष मेनुका सुवेदी भन्छिन् ‘करार गर्नुपर्छ भनेर हामीले बारम्बार राख्दै आएको मागलाई वेवास्ता गरियो, त्यसैले आज ताला लगाएका हौ ।’ समान कामको समान ज्याला हुनुपर्ने पनि उनीहरुको माग छ । हाल गोरखा क्याम्पसमा २३ जना आशिंक प्राध्यापकको रुपमा काम गर्दै आएको उनले जानकारी दिइन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK