×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ खर्व बराबरको सरकारी ऋणपत्र नेप्सेमा सूचीकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१ खर्व बराबरको सरकारी ऋणपत्र नेप्सेमा सूचीकृत

Artha Sarokar

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बादाता 
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १ खर्वबराबरको सरकारी ऋणपत्र सूचीकृत भएको छ । सोमबारको कारोबारमा नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले तीन चरणमा निष्कासन गरेको १ खर्व रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत गरिएको हो । 
सरकारले राष्ट्र बैंक मार्फत वार्षिक ६.८९% ब्याजदरको ३ वर्षे अवधिको ३५ अर्ब रुपैयाँ बराबरको २०८० “घ”, ५ वर्षे अवधिको वार्षिक ६.९७% ब्याजदरको ३० अर्ब रुपैयाँ बराबरको २०८१ “घ” र ५ वर्षे अवधिको वार्षिक ६.४९% ब्याजदरको ३५ अर्ब रुपैयाँ बराबरको २०८२ “घ” विकास ऋणपत्र निष्कासन गरेको थियो । 
अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरी निष्कासन भएको उक्त ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने गरी सूचीकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी