
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी क्वारेन्टाइनमा बसेका छन् । अधिकारी शुक्रबारदेखि आफ्नै निवासस्थित क्वारेन्टाइनमा बसेका हुन् । राष्ट्र बैंकका एक कर्मचारीमा बिहीबार कोरोना संक्रमण पुष्टी भएपछि गभर्नर अधिकारी पनि होम क्वारेन्टाइनमा बसेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
स्रोतका अनुसार गभर्नर अधिकारीले संक्रमितसँग कार्यालयमा भएको निर्माणसम्बन्धी प्रत्यक्ष कुराकानी गरेका थिए । यसअघि बैंकको मुद्रा व्यवस्थापन विभागमा एक जना र वीरगञ्ज कार्यालयका दुई जना कर्मचारीमा पनि संक्रमण पुष्टी भइसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्