Skip to content
LAXMI SUNRISE BANK

धनगढीका सरकारी कार्यालयमा सेवाग्राहीको चाप बढ्दो, मालपोतको सेवा झनै जोखिमपुर्ण ! (फोटो-कथा)

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कोरोना कहरकाबीच धनगढीका सरकारी कार्यालयमा अनियन्त्रित रुपमा सेवाग्राहीको चाप बढेको छ । सरकारी कार्यालयहरुले बिना तयारी सेवा सञ्चालन गरेपछि अहिले कोरोना संक्रमणको जोखिम झनै उच्च बनेको छ । 
धनगढीमा रहेका राजस्व विभाग कार्यालय, यातायात व्यवस्था कार्यालय, विद्युत कार्यालय तथा मालमोत कार्यालयले दिदै आएको सेवा निकै जोखिमपुर्ण देखिएको छ । न त भौतिक दुरी कायम गरिएको छ न सुरक्षा सामाग्रीको उचित व्यवस्थापन नै गरिएको छ । झनै मालपोत कार्यालयमा दिइने सेवा निकै जोखिमपुर्ण रहेको मालपोत कार्यालय पुगेको लम्कीका शिवचरण रोकायाले बताए । उनले भने, ‘यहाँको भिड देख्दा गोठाला जाँदा भेंडाबाख्राको हुल जस्तो लाग्छ, यताबाट धपाउंछन् उता पठाउँछन् उताबाट धपाउँछन् यता पठाउँछन् ।’ 
सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै भिडभाड बढेको सरकारी कार्यालयमा अहिले झनै चाप बढेको छ । पछिल्लो समय समुदायस्तरमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई सरकारी कार्यालयले बढावा दिएको विज्ञहरुले बताएका छन् । यसरी नै अनियन्त्रित र अव्यवस्थित रुपमा भिडभाड हुँदै जाने र रोकथामका लागि बेलैमा पहल नहुने हो भने कोरोना महामारीले भयावह अवस्था लिने निश्चय देखिन्छ । बाँकी फोटो फिचरमा हेर्नुहोस…

 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK