Skip to content
LAXMI SUNRISE BANK

हेल्लो सरकार ! के भीआइपीहरुलाईचाहिं नियम लाग्दैन हो ? गलत सन्देश फैलाउने यी ९ जनालाई कारवाही गर्ने आँट छ…?

अर्थ सरोकार

  • एसपी सुमन 
हेल्लो सरकार !
हिजोमात्र गृह मन्त्रालयको पढेको थिएँ, मास्क नलगाउनेहरुलाई कारवाही वा दण्ड जरिवाना गर्ने भनेर । आज कतिपय ठाउँमा केहि सवारीचालकहरुलाई जरिवाना तिराइयो भन्ने पनि सुनें । तर बेलुका फेसबुकका भित्ताहरुमा के के न गरेजसरी प्रचार गरिएको एउटा तस्विरले गृहले जारी गरेको निर्देशन ठुलाबडालाई होइन कि के हो ? भन्ने प्रश्न उठाएको छ । 
हो एक पटक माथिको तस्विर र गृहको निर्देशनको बुँदा हेरौं त !
कोरोना बीमा दाबी भुक्तानीका नाममा गृह मन्त्रालयको उर्दीको धज्जी उडाएर नेपाल बैंक र नेपाल इन्स्योरेन्सका कर्मचारीले कोरोनाको त्रासमा रहेका सबैलाई सरकारको निर्देशन नमानेपनि हुन्छ भन्ने सन्देश दिएका छन् । उनीहरुले कोरोना बीमा भुक्तानी गर्दा न भौतिक दुरी कायम गरेका छन्, न सबैले मास्क लगाएका छन् । अनि एउटा भुक्तानी गर्दा यो ९ जनाको जन्ती नै किन जानुपरेको होला ? कोसँग छ यसको उत्तर ?
गृह मन्त्रालयले मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लङ्घन गर्ने व्यक्ति वा संस्था भए सोको संचालकलाई समेत कारवाही गर्ने सूचना जारी गरेको भोलिपल्ट नै नेपाल इन्स्योरेन्सले कोरोना बीमाको दाबी परेकालाई भुक्तानी भन्दै नेपाल इन्स्योरेन्सका विक्रान्त पाण्डेले मास्क समेत नलगाई आफ्नै विज्ञापन गरेको पाइएको छ । के यो ठिक हो त ? 
हेल्लो सरकार हेल्लो सरकार ! के भीआइपीहरुलाईचाहिं नियम लाग्दैन हो ? गलत सन्देश फैलाउने यी ९ जनालाई कारवाही गर्ने आँट छ…?
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK