Skip to content
LAXMI SUNRISE BANK

हेटौँडामा निषेधाज्ञा १ साताका लागि थपियो, भदौ १५ गतेसम्म जारी रहने !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई यही भदौ १५ गतेसम्म थप गरेको छ । यसअघि गत साउन २६ देखि भदौ ८ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने आदेश भएको थियो । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बिहान बसेको बैठकले उक्त स्थानमा आज राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।
निषेधाज्ञाका समयमा बिहान ५ः०० बजेदेखि ८ः०० बजेसम्म खाद्यान्न, तरकारी, औषधिलगायत अत्यावश्यक पसल खोल्न र इन्धन खरीद गर्न दिइने भएको छ । पसल खोल्दा र व्यवसाय सञ्चालन गर्दा मास्क, पञ्जा र सेनिटाइजर अनिवार्य प्रयोग र सामाजिक दूरीको पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी नेपालले जारी गरेको सूचनामा उल्लेख छ । यसैगरी जिल्लाको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा पनि निषेधाज्ञा केही दिनअघिदेखि जारी गरिएको जिप्रकाले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK