
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा थप चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ। शुक्रबार आएको रिपोर्टमा थप चार जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टी भएको हो । योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २२ पुगेको छ । यसअघि बुधबार मात्र इमरजेन्सीका ४ जना नर्सिङ स्टाफ र दुई जना चिकित्सक सहित ६ जनामा कोरोना भेटिएको थियो ।
इमरजेन्सी विभागका एक सय बढी स्वास्थ्यकर्मीको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको छ । हाल त्रिवि शिक्षण अस्पतालको इमरजेन्सी विभाग बन्द छ । बुधबार ६ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि उक्त विभाग सिल गरिएको थियो । बाँकी स्वास्थ्यकर्मीको रिपोर्ट आएपछि मात्र सेवा सञ्चालन गर्ने विषयमा निर्णय हुने अस्पतालले जनाएको छ । अस्पतालको इमजरेन्सी विभाग बन्द रहे पनि अन्य ओपिडी र ओटी सेवा भने सञ्चालन भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्