×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

कोरोनालाई हराउने सरकारको दृढता…तर सरकारी अस्पतालकै सेवा जोखिमपुर्ण ! (फोटो-कथा)

BIZBAZAR

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढीरहेका बेला प्रदेशकै एकमात्र रेफरल सेन्टर सेती प्रादेशिक अस्पतालको सुरक्षा व्यवस्था भने बिजोग रहेको छ । प्रदेशभरीका विभिन्न जिल्लाहरुबाट उपचारका लागि आउने प्रोदेशिक अस्पतालमै सुरक्षा व्यवस्था कमजोर हुँदा कोरोनाको जोखिम यथावत रहेको छ । 
यसो त धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा प्रदेशभरीका विभिन्न जिल्लाहरुबाट फरक फरक रोगका बिरामीहरु उपचारका लागि पुग्ने गर्दछन् । जसमध्ये कोरोनाका बिरामीहरुपनि पुग्ने गरेका छन् । केही समय अगाडी सेती प्रादेशिक अस्पताललाई कोरोना अस्पतालको रुपमा स्थापित गरि कोरोना संक्रमितको उपचार समेत गरिदै आएको थियो । सरकारी अस्पतालको सेवा निजि अस्पतालको भन्दा सस्तो र सबैको पहुँचयोग्य हुने भएकोले वृद्धवृद्धादेखि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउने गर्दछन् । तर अस्पतालमा सामाजिक दुरी तथा सुरक्षा व्यवस्था फितलो हुँदा संक्रमणको जोखिम रहेको सजिलै अनुमान गर्न सकिन्छ । 
सामान्य रोगको उपचारका लागि निजि अस्पतालले चर्को शुल्क लिने हुँदा सस्तो उपचारको खोजिमा लम्किदेखि सेती प्रादेशिक अस्पताल पुगेका रामरतन रानाले जोखिम मोलेरै सेवा लिन बाध्य भएको बताए । उनले भने, ‘सबैलाई आफ्नो ज्यान प्यारो हुने रहेछ, कोरोनाको महामारीकाबीचपनि अस्पताल पुग्नुपर्ने, त्यसमा पनि अस्पतालको अस्तव्यस्त अवस्था देख्दा झनै विरक्त लाग्छ ।’ सेती प्रादेशिक अस्पतालको अव्यवस्थित सेवा ! हेर्नुहोस् फोटो फिचरमा…

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal