- अर्थ सरोकार सम्बाददाता
अर्घाखाँची । अर्घाखाँची अस्पतालको आकस्मिक र प्रसुुति सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ । आईतबार अस्पताल परिसरमा रहेको स्वास्थ्य कार्यालयमा कार्यरत २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएसंगै सरोकार वालाहरुको बैठकले अत्यावश्यक बाहेक सम्पुर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो।
अर्घाखाँचीमा पहिलो पटक समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीका २ जना स्वास्थ्यकर्मी, १ जना सञ्चारकर्मी, १ जना कार्यालय प्रमुख गरी १३ जनामा संक्रमण पुष्टी भएसंगै कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको पुष्टी भएको हो ।
आइतबार १३ जना संक्रमित थपिएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या १७ पुगेको हो । जिल्लाभर ३ सय ४४ जनामा संक्रमण पुष्टि भएकोमा ३ सय २४ जना कोरोना जितेर घर फर्किएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्