×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होटल क्वारेन्टाइनका लागि सूची र दररेट सार्वजनिक, कुन होटलको मूल्य सूची कति ? (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ भाद्र २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

होटल क्वारेन्टाइनका लागि सूची र दररेट सार्वजनिक, कुन होटलको मूल्य सूची कति ? (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
काठमाडौं । सरकारले चार्टर्ड उडान मार्फत स्वदेश आउने नागरिकलाई होटल क्वारेन्टाइनमा बस्नैपर्ने व्यवस्थाका लागि होटलको सूची र दररेट सार्वजनिक गरेको छ । काठमाडौं जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने नागरिकलाई स्वेच्छाले होटल क्वारेन्टाइनमा राख्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटलहरुको सूची तयार गरी सार्वजनिक गरेको छ । कोभिड १९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ बमोजिम विमानस्थल हुुँदै नेपाल प्रवेश गर्ने र स्वेच्छाले होटल क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुलाई राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटलहरुको सूची सार्वजनिक गरेको हो । पर्यटन विभागले उपलब्ध गराएको होटलको नाम र दररेटका आधारमा सूची तयार पारिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । सार्वजनिक भएको सूचीमा उपत्यका भित्र रहेका तारे होटल, पर्यटन होटल र साना तथा मझौला होटल गरी २ सय २० होटलमा कुल ३ हजार ५ सय बेड क्षमता रहेको छ । 
होटलको सूची सँगै होटलहरुमा बस्दा लाग्ने दररेट र खानाको मेनु समेत समावेस गरिएको छ । जसमध्ये पाँचतारे होटलमा एक्लै बस्दा ९ हजार रुपैयाँ र दुईजना साझेदारीमा बस्दा प्रतिव्यक्ति ६ हजार रुपैयाँ तोकिएको छ । चार तारे होटलका लागि एकजना बस्दा ८ हजार रुपैयाँ र दुईजना साझेदारीमा बस्दा ५ हजार ५ सय रुपैयाँ तोकिएको छ । तीनतारे तथा डिलक्स रिसोर्टमा एकजना बस्दा ६ हजार रुपैयाँ र दुईजना साझेदारीमा बस्दा प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । दुई तारे होटल तथा स्टाण्डर्ड होटलका लागि एकल ५ हजार रुपैयाँ र दुई जना साझेदारीमा बस्दा प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । एक तारे होटलमा एकल बस्दा ४ हजार रुपैयाँ र दुई जना साझेदारीमा बस्दा प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ तोकिएको छ । पर्यटक स्तरको होटलमा एकजनाका लागि २ हजार ८ सय रुपैयाँ र दुई जना साझेदारीमा बस्ने भएमा प्रति व्यक्ति १ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै साना तथा मझौला होटलको दररेट पनि तोकिएको छ । साना तथा मझौला होटलमा एकल रुमका लागि १ हजार ८ सय रुपैयाँ र दुई जना साझेदारीमा बस्दा प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ तोकिएको छ । 
सबै होटलमा खाना र खाजा गरी दिनको चारपटक खान दिइने मेनु सार्वजनिक भएको छ । जसमा बिहानको खाजा, खाना, दिउसोको खाजा र साँझको खाना उपलब्ध हुने छ । स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न सक्ने क्षमता भएका होटलहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सूचीकृत गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ । आएसोलेटेड क्षेत्रमा भएका, कम्पाउण्ड भएका, बाहिरी व्यक्तिसँग घुलमिल हुन नसक्ने, भौतिक दूरी कायम गर्न सक्ने होटलहरु सूचीकरणमा परेका छन् । ठमेल, ताहचल, गौशला, बत्तिसपुतली, दरबारमार्ग, सानो गौचरन, नक्साल, भक्तपुर, लाजिम्पाट, गोदावारी, कमलादी, स्वयम्भू, झम्सीखेल, बूढानिलकण्ठ, लैनचौर, कमलपोखरी र बागबजार क्षेत्रमा रहेका होटलहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न लागिएको हो ।  हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: