×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होटल व्यवसायी महासंघ भन्यो – ‘होटल क्वारेन्टाइनमा बस्नेलाई सरकारले तोके अनुसारको सुविधा दिनू ‘ (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

होटल व्यवसायी महासंघ भन्यो – ‘होटल क्वारेन्टाइनमा बस्नेलाई सरकारले तोके अनुसारको सुविधा दिनू ‘ (भिडियो रिपोर्ट)

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
काठमाडौं । होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले होटल क्वारेन्टाइनमा बस्नेलाई सरकारले तोके अनुसारको सेवा सुविधा उपलब्ध नगराए कारबाही गरिने बताउनुभएको छ । महासंघले होटल क्वारेन्टाइनहरुको नियमित अनुगमन गर्ने र सरकारले तोकेको मापदण्ड अनुसार सुविधा नदिए सम्बन्धित होटललाई कारबाही गरिने शाहले बताउनु भएको छ । अनुगमनका लागि महासंघले कार्यकारी महासचिव शेरबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरेको अध्यक्ष शाहले बताउनुभयो । उक्त समितिले दैनिक रुपमा होटल क्वारेन्टाइनको अनुगमन गर्ने र सरकारले भने अनुसारको खाना, खाजा लगायतको सेवा उपलब्ध नगराएको पाइए कारबाही गरिने बताउनुभयो । त्यस्तो होटललाई होटल क्वारेन्टाइनको सूचीबाट हटाउन सिफारिस गरिने उहाँले बताउनुभयो । सरकारले संक्रमितहरुलाई राख्न आइसोलेसन सेन्टर निर्माण गर्नको लागि होटलको माग गरेकाले बस्ती भन्दा टाढा रहेका पाँचवटा होटल उपलब्ध गराउने सम्बन्धमा महासंघमा छलफल भइरहेको पनि शाहले बताउनुभयो ।
सरकारले महासंघ अन्तर्गत काठमाडौं उपत्यकामा रहेका १ सय १२ वटा होटल सहित कुल २ सय २० वटा होटलहरुहरुलाई होटल क्वारेन्टाइनको रुपमा सूचीकरण गरेको छ । जसमा ३ हजार ५ सय वटा बेड क्षमता रहेको छ । सरकारले विदेशबाट नेपाल आउने व्यक्तिलाई आफ्नै खर्चमा ७ दिन सम्म अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: