×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्वारेन्टाइनमा मृत्यु भएका युवाको रिपोर्ट नेगेटिभ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

क्वारेन्टाइनमा मृत्यु भएका युवाको रिपोर्ट नेगेटिभ

Artha Sarokar

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
इलाम । इलामको सूर्योदय नगरपालिकाको क्वारेन्टाइनमा गएराति मृत्यु भएका २२ वर्षीय निशान सुन्दासको कोरोना नेगेटिभ आएको छ । भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टाइनमा थिए । 
उनको मृत्युपछि सबै त्रस्त थिए । आज उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीले जानकारी दिनुभयो । उनलाई आइतबार बिहानदेखि श्वासप्रश्वासमा समस्या रहेको र बिहानैदेखि खाना नखाएपछि उपचार गरिँदै आइएको कोरोना फोकल पर्सन अधिकारीले बताए । रिपोर्ट नेगेटिभ आएकाले त्रसित नहुन नगरवासीलाई नगरपालिकाले आग्रह गरेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी