×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो, संक्रमित संख्या कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो, संक्रमित संख्या कति ?

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । अहिलेसम्म ६० हजार ४७२ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार २३ जनाको मृत्यु भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ लाख १० हजार २३५ पुगेको छ । 
भारतमा अहिलेसम्म कोरोना भाइरसका २५ लाख २३ हजार ७७२ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् भने सात लाख २५ हजार ९९१ संक्रमित निको हुन बाँकी छन् । भारत संक्रमित संख्याको आधारमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने तेस्रो मुलुक हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: