×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कोरोना बीमा गराउनेको संख्या १० लाख नाघ्यो, कति जनाको भयो दावी भुक्तानी ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना बीमा गराउनेको संख्या १० लाख नाघेको छ । शुक्रबारसम्म बीमा गराउनेको संख्या १० लाख नाघेको  बीमा समितिले जनाएको हो । समितिका अनुसार बीमा पुल मार्फत आठ लाख ३४ हजार ९ सय ३३ जनाको कोरोना बीमा भएको छ भने  बीमा संस्थानबाट सरकारी कर्मचारीहरुको बीमा करिब २ लाखको बीमा गरिएको छ । 
बीमा कम्पनीहरुबाट गरिएको बीमाबाट ४६ करोड ९८ लाख ७९ हजार १ सय ८२ रुपैयाँको बीमा शुल्क आर्जन भएको छ । यस अवधीमा ५९९ जनाको साढे ५ करोड रुपैयाँ दावी भुक्तानी भएको समितिले जनाएको छ ।समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बीमा गर्न सकिने व्यवस्था बनाएको छ । बीमाको अवधि एक वर्ष हुनेछ । बीमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएमा बीमा दाबी भुक्तानी हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: