
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले उक्त कम्पनीको आइपीओ बाँडफाँट भएको जनाएको हो । कम्पनीको आइपीओमा १ लाख ८८ हजार ४९९ वटा आवेदन परेको थियो । जसमा १२६ वटा आवेदन रद्द भएको छ । उक्त आवेदन रद्द भएकाले १ लाख ८८ हजार ३७३ आवेदकलाई मात्र सेयर बाँडफाँट गरिएको हो ।
आइपिओ बाँडफाँटमा सबैभन्दा धेरै २५ हजार ६२० जनाले ४० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । यस्तै, ४८ हजार २२१ आवेदकले ३० कित्ता, ४५ हजार ४८ जनाले २० र ९४ हजार ९०४ आवेदकले १० कित्ता सेयर पाएका छन् ।
कम्पनीले भदौ ३ गतेबाट ७ गतेसम्म सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले यसअघि स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो ।
आइपीओको नतिजा अर्थ सरोकार डटकममा हेर्न सकिन्छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्