- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ। वीरगञ्ज पथलैयाको औद्योगिक करिडोरमा रहेको जगदम्बा स्टिल प्रालिमा स्थानीयले तालाबन्दी गरेका छन् । करिडोरको सबैभन्दा ठूलो उद्योग जगदम्बा स्टिलले मध्यरातमा भारतबाट कामदार ल्याएको भन्दै स्थानीयले उद्योगको मुल गेटमा तालाबन्दी गरेका हुन् ।
केहि दिनअघि जगदम्बा स्टिलको उद्योगमा कार्यरत ११ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो। कोरोना संक्रमण पुष्टी हिने मध्ये ६ जना क्वारेन्टाइनमा बसकेका छन् भने बाँकी ५ जना बेपता छन् ।
मध्यरातमा ट्रकबाट मजदुर उद्योगमा भित्र्याउँदै गर्दा स्थानीयले सवारी साधनसहित मजदुरलाई नियन्त्रणमा लिएर तालाबन्दी गरेका थिए । ११ जना संक्रमित भेटिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ्ग गर्न उद्योगले चासो नदेखाएको स्थानीयको आरोप छ ।