×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘राष्ट्र निर्माणमा समर्पित’ भन्दै ढोल पिट्ने जगदम्बा स्टिल्सको असलियत : छोरा कालोबजारी गर्ने, बाबु गुणस्तरहीन डण्डी बेच्ने !

  • अर्थ सरोकार सम्बाददाता 
नेपालका केहि टेलिभिजनहरुमा एउटा बिज्ञापन बज्छ – राष्ट्र निर्माणमा समर्पित- जगदम्बा स्टिल्स । तर आफूलाई नेपालको नम्बर वान स्टिल्स कम्पनी भनेर दाबी गर्ने जगदम्बा स्टिल्स गुणस्तरहीन भएको प्रमाण फेला परेको छ। जगदम्बा स्टिलका छड प्रयोग गर्ने बोहोराटार खरिबोटका एक उपभोक्ता श्रीकृष्ण भट्टराईले आफ्नो बनाउदै गरेको घरमा जगदम्बा स्टिलस्का छड पिटक्क पिटक्क भाचिन थालेको भन्दै प्रमाणसहित गुणस्तर विभागमा उजुरी गरेपछि जगदम्बाको यस्तो रहस्यको खुलासा भएको हो । 
साउन २८ गते विहान बेण्डीङ गर्न लागिएका १६ एमएमको जगदम्बाको रड पिटिक्क भाचिएपछि अन्य रडहरु पनि चेक गर्दा त्यसरी नै भाँचीए । त्यसपछि उनले जानकारी गराए आफुले किनेको पसलमा । पसलबाट केस पुग्यो, कम्पनीमा । तर कसैले वास्ता नगरेपछि उनले मिडियालाई गुहारे । गुणस्तरहीन भएको प्रमाणित हुँदा पनि कम्पनीका अधिकारी र इन्जीनियर प्राविधिकले आफ्नो सामान गुणस्तरीय भएको कुरा दोहोर्याउँदै बेण्डींग गर्न नजानेको भन्दै टार्ने प्रयास गरे । त्यसपछि उनी क्षतिपूर्तिको मागदाबीसहित गुणस्तर विभाग पुगे। 
भट्टराईसँगै जगदम्बाकै रड प्रयोग गरेर घर निर्माण गरिरहेका स्थानिय तुलसीराम तिवारी , निर्माणको ठेक्का लिएका अरुण पाण्डे र अन्य प्रत्यक्षदर्शीले पनि जगदम्बाको सामान नै गुणस्तरहीन भएको दाबी गरेका छन् । तिवारीले आफ्नै शिफारिसमा श्रीकृष्णले जगदम्बाको रड प्रयोग गरेको तर आज उक्त रड्कै कारण भर्खर निर्माण सम्पन्न हुन लागेको आफ्नो घर भत्काउने कि के गर्ने दोधारमा रहेको बताए उनले तुरुन्तै जगदम्बा रडलाई सरकारले कारवाही गरि आफुहरुलाई क्षतिपुर्तिको माग गरे उक्त घटनापछि जम्मा भएका दर्जनौ स्थानीय प्रत्यक्षदर्शीले आफूले फलामको डण्डी काँचको डण्डी झैं भाँचिएको देख्दा आश्चर्यचकित भएको बताएका छन् ।
यसो त जगदम्बा स्टिल्सको रड गुणस्तरहीन भएको केस यो पहिलो होइन । यसअघि पनि यस्तै केस आएको थियो । तर शक्ति र पहुँचका भरमा कम्पनीले ती केसहरु लुकाएको थियो ।
स्मरण रहोस् जगदम्बाका मालिक शुलभ अग्रवाल केहि समयअघि कालोबजारी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । अहिले उनी धरौटीमा रिहा भएका छन् भने सम्पत्ति सुद्धिकरण विभागले उनको सम्पत्ति छानविन गरिरहेको छ । यहि जगदम्बा स्टिल्सले कर्मचारीको स्वास्थ्यमा लापरवाही गरेको भन्दै कम्पनीको फ्याक्ट्रीमा अहिले कर्मचारीहरुले ताला लगाईदिएका छन् । 
यसबारेमा जगदम्बाका निरज बानियासँग सम्पर्क गर्न खोज्दा उनि सम्पर्कमा आएनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: