
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । घर-घर पुगेर जनै र डोरो बाँध्न खोज्ने पुरोहित बाजेलाई महादेवस्थानमा स्थानीयले लखेटेका छन् । घरभित्र पसी भीड जम्मा गरी आफ्नो ‘व्यापार’ चलाइरहेका ‘बाहुन-बाजे’लाई स्थानीयले लखेटेका हुन् । सुरुमा भीड जम्मा गरेर बसेका ती बाजेका विरुद्ध स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तर प्रहरी आएर पनि थर्काउने काममात्र गरेको र ती बाजेलाई त्यहाँबाट ननिकालेको भन्दै स्थानेयाले उनलाई लखेटेका हुन् ।
यता उक्त घरका घरभेटीलाई पनि यस्तो काम गर्न दिएको भन्दै स्थानीयले कारवाहीको माग गरेका छन् । ‘ती बाजे र घरभेटी दुबैलाई क्वारेन्टाइनमा लैजानुपर्छ ।’एक स्थानीयले आक्रोशित हुँदै भने, ‘यो बर्ष ती बाजेले व्यापार नचलाए हुन्न ? मान्छेको ज्यान ठुलो कि तिनको दक्षीणा’ ?
यता महादेवस्थान परिसरमा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ । मास्क नलगाई हिड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्