×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार जनकपुरधाममा मृत्यु भएका एक जनामा कोरोना पुष्टी

PRIME CA
GLOBAL IME BANK

आइतबार जनकपुरधाममा मृत्यु भएका एक जनामा कोरोना पुष्टी

२६ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

जनकपुरधाम
  • अर्थ सरोकार सम्बाददाता 
जनकपुरधाम । जनकपुरधाममा आइतबार मृत्यु भएका दुईमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । जनकपुरधामस्थित विनय तारा फाउन्डेसन क्यान्सर अस्पतालमा मृत्यु भएको सोही अस्पतालका सुरक्षा गार्डसमेत रहेका धनुषा मिथिला विहारीका ४७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टी भएको हो । 
रुघाखोकी र पखालासँगै ज्वरोसमेत आउने गरेका कारण गाउँमै औषधि खाइरहेको अवस्थामा आइतबार बिहान अचानक श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल पुर्याउने बित्तिकै उनको मृत्यु भएको थियो । उनको आइतबार नै दाहसंस्कार गरिसकिएको छ । 
त्यसैगरी काब्या हस्पिटलमा मृत्यु भएको शहीदनगर नगरपालिकाका पुरुषमा भने कोरोना सङ्क्रमण पुष्टी भएको छैन् उनको स्वाब नमूना परीक्षणको नतिजा नेगेटिभ आएको छ । उनी मुटु र दमका रोगी थिए । काब्या अस्पतालले पनि उनमा कोरोनाको कुनै लक्षण नरहेको दाबी गर्दै आएको थियो । उनको पनि परिवारजनको जिम्मा लगाएर दाहसंस्कार भइसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले जानकारी दिनुभयो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: