×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रातो मच्छिन्द्रनाथमा पूजा गर्नेको भिड, रथाजात्रा नभएपछि स्थानीयहरु रथारोहण गराइएको ठाउँमै पुगे (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रातो मच्छिन्द्रनाथमा पूजा गर्नेको भिड, रथाजात्रा नभएपछि स्थानीयहरु रथारोहण गराइएको ठाउँमै पुगे (भिडियो)

Artha Sarokar

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । कोरोना संक्रमणको जोखिमका कारण ‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथाजात्रा हुन नसकेपछि स्थानीयहरु रथारोहण गराइएको ठाउँ मै पुगेर पूजाआजा गरेका छन् । साउन १० गते नागपञ्चमीका दिन दिउँसो सवा १२ बजेको सुभसाइतमा मच्छिन्द्रनाथलाई रथमा बिराजमान गराइएको थियो । रथमा बिराजमान गराएको चार दिन पछि रथजात्रा गर्नुपर्ने भएपनि कोरोना संक्रमणको जोखिमका कारण रथजात्रा रोकिएको थियो । काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने प्रचलन रहेको छ ।
तर यस वर्ष कोभिड—१९ का कारण ढिला गरी राथारोहण गराइएपनि रथजात्रा निकालन सकिएको छैन् । लिच्छवीकालदेखि निरन्तर चल्दै आएको जात्रामा रथारोहणको अन्तिम साइत नाग पञ्चमिको दिन परेको थियो । सोही दिन नै मच्छिन्द्रनाथलाई रथमा बिराजमान गराइएको थियो । तरपनि रथजात्रा निकाल्न नसकिएपछि स्थानीयहरु पुल्चोकस्थित रथारोहण गराइएको ठाउँमै पुगेर दैनिक पूजाआजा गर्दै आएका छन् । यसरी पूजाआजा गर्न जाने भक्तालुहरु बढ्दै गएपछि हिजो आज भिडभाड देखिएको छ ।
कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिएर २० जना भन्दा बढीलाई सहभागि हुन नदिई राथजात्रा गराउने भनिएको थियो । तर मानिसहरुको उल्लेख्य सहभागिता हुने सम्भावना भएपछि रथजात्रा रोकिएको थियो ।हेर्नुहोस् भिडियो : 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी