×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुरमा ४ दिन कैद र ३ लाख ३९ हजार रुपैयाँ जरिवाना तोकिएका अभियुक्त पक्राउ, झापा कारागार चलान !

GLOBAL IME BANK

बैंकिङ कसुरमा ४ दिन कैद र ३ लाख ३९ हजार रुपैयाँ जरिवाना तोकिएका अभियुक्त पक्राउ, झापा कारागार चलान !

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
झापा । बैंकिङ कसुरको मुद्दामा फरार रहेका बाह्रदर्शी गाउँपालिका-३ बस्ने नरप्रसाद पनेरु पक्राउ परेका छन् ।प्रहरीले उनीलाई आइतबार  पक्राउ गरेको हो । उच्च अदालत पाटनको २०७६ माघ २१ गतेको फैसलाले उक्त मुद्दामा ४ दिन कैद र ३ लाख ३९ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले निजकै घरबाट पक्राउ गरेको हो ।
पनेरुलाई कैद भुक्तानको लागि झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: