
झापा । मेचीनगरको सहज महिला समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाले किसानलाई तोरी खेतीका लागि अनुदान घोषणा गर्दै उत्पादन भएका किनिदिने भएको छ । सहकारीको शनिबारको साधारणसभाले स्थानीय किसानलाई तोरी खेतीप्रति आकर्षण गर्न प्रतिबिघा रु दुई हजार अनुदान दिने निर्णय गरेको संस्थाका अध्यक्ष शारदा शर्माले बताउनुभयो । संस्थाले तोरी तेल उद्योग नै सञ्चालन गर्ने निर्णय गरेको छ ।
उहाँका अनुसार संस्थाले मेचीनगरका–९ देखि १५ सम्मका सबै तोरी किसानलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराउने छ । यो अनुदान मल र बीउ किन्नका लागि दिइएको हो । मेचीनगर–१० स्थित सहकारीले स्थापनाकालदेखि नै तोरीको शुद्ध तेल आफैँले उत्पादन गरी सदस्यलाई सहुलियतमा बिक्री गर्दै आएको छ । विगत वर्षदेखि संस्थाले भाडामा जग्गा लिई तोरी खेतीसमेत गर्दै आएको छ । आव २०७६-०७७ मा रु एक करोड ४४ लाखको कारोवार गरेको संस्थाले यस वर्ष १२ बिघा जग्गा भाडामा लिएर आफैँ तोरी खेती गर्ने तयारी गरेको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्