
- अर्थ सरोकार सम्बाददाता
झापा । झापामा सुनचाँदी व्यवसायीका परिवारको दुईजना महिला सदस्यमा कोरोना संक्रमण पुष्टी भएको छ। उक्त सुन चाँदी पसल रहेको रत्न सुपर मार्केट सिल गरिएको विर्तामोड नगरपालिका कार्यालयले जनाएको छ। योसँगै बिर्तामोड नगरपालिकामा कोरोना संक्रमितको संख्या १८ पुगेको छ।
झापामा आइतबार १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विर्तामोडका दुई जनासहित कमल गाउँपालिकाका ३ जना, झापा गाउँपालिकाका १ जना, गौरादह नगरपालिकाका २ जना तथा मेचीनगर नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। संक्रमितहरुको आइसोलेसनमा उपचार भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्