×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहको निर्देशनपछी सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू, हेर्नुहोस् काठमाडौंमा देखिएको माहोल…! (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK

गृहको निर्देशनपछी सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू, हेर्नुहोस् काठमाडौंमा देखिएको माहोल…! (भिडियो रिपोर्ट)

२२ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । आज (बिहीबार) देखि काठमाडौं उपत्यका लगायत जोखिम बढी भएका स्थानमा सवारी साधन सञ्चालनका लागि जोर बिजोर प्रणाली लागू भएको छ ।काठमाडौं उपत्यका र कोभिड १९ को २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सवारीसाधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू भएको छ । नेपाल सरकार गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक सवारीसाधन सञ्चालनमा लागि जोर बिजोर प्रणाली लागू भएको बताएको छ ।

जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्रै सञ्चालन गर्नेगरी आजदेखि उक्त व्यवस्था लगू भएको छ । काठमाडौं उपत्यकामा आज जोर नम्बरका सवारी साधन मात्रै सञ्चालनमा आएका छन् । जोर बिजोर प्रणालीलाई कर्यान्वयन गराउन बिहानै देखि काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक प्रहरीले चेकजाँचलाई कडाइ गरेको छ । तरपनि सडकमा सवारी साधनको चाप उच्च देखिएको छ । यससँगै सरकारले होटल रेस्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला गर्न समेत निषेध गरेको छ । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी