- अर्थ सरोकार सम्बाददाता
धनगढी । कैलालीमा जारी हुने अगामी निषेधाज्ञाको विषयमा आज निर्णय हुने भएको छ । यसअघि ४ गते विहिबार मध्यरातीदेखि १४ गतेसम्म कैलालीमा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलालीमा लगाइएको निषेधाज्ञा बढ्ने वा नबढ्ने भन्ने विषयमा आज निर्णय हुने भएको छ ।
कोरोना संक्रमण फैलिरहेका बेला शुक्रवार बसेको सुरक्षा समितिको बैठकले जोखिमलाई मध्यनजर गर्दै १९ गतेसम्म नषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको थियो । उक्त सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारी बोहराले निषेधाज्ञालाई लम्ब्याउने सम्भावना बढि रहेको प्रशासन स्रोतले जनाएको छ ।
कैलालीमा ४ गतेदेखी लगाइएको निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ ।