×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपिलवस्तुमा भदौ १५ गतेसम्म निषेधाज्ञा जारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कपिलवस्तुमा भदौ १५ गतेसम्म निषेधाज्ञा जारी

Artha Sarokar

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कपिलवस्तु । कपिलवस्तुमा कोराना संक्रमण समुदायमा फैलिएपछि थप ८ दिन निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार आइतबार बसेको बैठकबाट कोरोनाको जोखिम कायमै रहेकाले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको हो । यसअघि जारी गरिएको निषेधाज्ञा भदौ ७ सम्म थियो । 
बैठकले अत्यावश्यक बाहेकका सबै प्रकारका व्यवसाय सञ्चालन गर्न नदिने निर्णय गरेको छ । अति आवश्यकीय वस्तु ढुवानी, एम्बुलेन्स, शवबवहन र राजमार्ग भएर गुड्ने सवारी साधन (जिल्लाभित्र चढ्न ओर्लन नपाउने गरी) बाहेक सबै प्रकारका निजी र भाडाका सवारी साधन सञ्चालन नगर्ने निर्णय गरिएको पौडेलले बताए ।
बैङ्क तथा वित्तीय संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाएर दैनिक (कार्यालय दिन) विहान ८ बजेदेखि विहान १० वजेसम्म न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न सकिने छन् ।
उद्योग धन्दा, कलकारखानाको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको न्युनतम स्वास्थ्य मापदण्ड अपनाइ सञ्चालन गर्न पाउने छन् । अत्यावश्यकबाहेक सरकारी कार्यालयहरुबाट प्रदान गर्ने सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । खाद्यान्न तथा तरकारी किनमेलका लागि दैनिक बिहान ८ बजेदेखि १० बजेसम्मको समय छुट्याइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी