
- अर्थ सरोकार सम्बाददाता
कपिलवस्तु । कपिलवस्तु नगरपालिकाले नगरपालिका भित्र रहेका बैंक तथा वित्तीय संस्थालाई साउन मसान्तसम्म बैंकिङ कारोबार नगर्न निर्देशन दिएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । अहिले कोरोनाको उच्च जोखिम कपिवस्तुमा रहेको भन्दै नगपलिकाले पछिल्लो समय सरकारी कार्यालय तथा बैंकका कर्मचारीमासमेत कोरोना संक्रमण पुष्टी भएको कुरालाई मध्येनजर गर्दै बैंक तथा वित्तीय संस्थालाई साउन ३० गतेसम्म बैंकिङ कारोबार नगर्न निर्देशन दिएको हो ।
कपिलवस्तुमा हिजो मात्रै मेगा बैंक, कृषि विकास बैंक, लक्ष्मी बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंकलगायतका बैंकका कर्मचारीमा संक्रमण पुष्टी भएको थियो । यस्तै गुहेश्वरी मर्चेण्ट बैकिङ एण्ड फाइनान्सका ४ कर्मचारीमा पनि संक्रमण देखिएको थियो ।
हेर्नुहोस् नगरपालिकाले जारी गरेको सूचना :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्