Skip to content
LAXMI SUNRISE BANK

साउन मसान्तसम्म सबै बैंक तथा वित्तीय संस्थाहरु बन्द गर्न कपिलवस्तु नगरपालिकाको ह्विप ! (सूचनासहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
कपिलवस्तु । कपिलवस्तु नगरपालिकाले नगरपालिका भित्र रहेका बैंक तथा वित्तीय संस्थालाई साउन मसान्तसम्म बैंकिङ कारोबार नगर्न निर्देशन दिएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । अहिले कोरोनाको उच्च जोखिम कपिवस्तुमा रहेको भन्दै नगपलिकाले पछिल्लो समय सरकारी कार्यालय तथा बैंकका कर्मचारीमासमेत कोरोना संक्रमण पुष्टी भएको कुरालाई मध्येनजर गर्दै बैंक तथा वित्तीय संस्थालाई साउन ३० गतेसम्म बैंकिङ कारोबार नगर्न निर्देशन दिएको हो ।

कपिलवस्तुमा हिजो मात्रै मेगा बैंक, कृषि विकास बैंक, लक्ष्मी बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंकलगायतका बैंकका कर्मचारीमा संक्रमण पुष्टी भएको थियो । यस्तै गुहेश्वरी मर्चेण्ट बैकिङ एण्ड फाइनान्सका ४ कर्मचारीमा पनि संक्रमण देखिएको थियो । 


हेर्नुहोस् नगरपालिकाले जारी गरेको सूचना :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK