
- अर्थ सरोकार सम्बाददाता
बुटवल । प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. १ पकडीका विनोद सोनारलाई १६ लाख रुपैयाँसहित पक्राउ गरेको हो । उनका साथबाट प्रहरीले १ हजार रुपैयाँका १२ गड्डी र ५ सय रुपैयाँका नोटका ८ गड्डी बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा मायादेवी गाउंपालिका वडा नं. ४ ठकुरापुर गोब्ली बगैंचाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष देवकोटाले जानकारी दिए । पक्राउ परेका सोनार र १६ लाख रुपैयाँ सुठौली भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक देवकोटाले बताए । सोनारले नेपालबाट भारततर्फ सुनको अवैध कारोवार गर्दै आएको प्रहरीको दावी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्