- अर्थ सरोकार सम्बाददाता
कपिलवस्तु । मंगलबार कपिलवस्तुमा थप २० जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले मंगलबार जिल्लामा थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको हो ।
संक्रमितमध्ये दूई जना वाणगंगा नगरपालिका २ बैरियाका हुन । अन्य १८ जना कपिलवस्तु नगरपालिकाका संक्रमित रहेका छन् । संक्रमितहरु शिक्षक ,विद्यार्थी, व्यापारी, प्रहरी, एम्वुलेन्स चालक ,स्वास्थ्यकर्मी रहेको जनाइएको छ । मंगलबार थपिएका सबै समुदायका रहेका छन् । जिल्लामा संक्रमित संख्या ९६६ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । कोरोनाका कारण अहिलेसम्म २ जनाको ज्यान गएको छ ।