×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपिलवस्तुमा बैंक तथा वित्तीय संस्था बन्द, प्रशासनद्वारा थप कडाई !

अर्थ सरोकार

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार

PRIME CA

कपिलवस्तुमा बैंक तथा वित्तीय संस्था बन्द, प्रशासनद्वारा थप कडाई !

  • अर्थ सरोकार सम्बाददाता 
कपिवस्तु । कोरोना संक्रमण बढेपछी कपिलवस्तुमा रहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सोमबार बसेको बैठकले भोलि साउन २७ गतेबाट थप कडाइ गर्दै   बैंक तथा वित्तीय संस्था बन्द गर्न भनिएको जानकारी दिएको हो ।
प्रशासन कार्यालयले एक सूचना जारी गर्दै साउन ३२ गतेसम्मका लागि सम्पूर्ण सरकारी कार्यालय कामकाजसमेत बन्द रहने जनाएको हो । यस्तै  प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार यातायात पनि उक्त अवधिसम्म बन्द गरिएको छ । उनले अत्यावश्यक सेवा बाहेक अरु सबै सेवाहरु बन्द हुने गरी निर्णय गरिएको बताए ।
यद्यपी एम्बुलेन्स तथा शव बाहन सेवा, औषधी, तरकारी, दूध, किराना तथा खाद्य पदार्थको किनबेच अत्यावश्यकीय सेवाभित्र राखी सञ्चालनमा ल्याउन दिइने भएको छ । अहिले नीजि सवारी संचालनमा जोर-विजोर प्रणाली लागु गरिएको छ । यसले पनि संक्रमण बढाउन सक्ने भएकाले नीजि सवारी संचालनमा रोक लगाइएको छ । होटल तथा रेष्टुरेन्ट, पसल र बजारहरु बन्द गर्ने निणर्य भएको छ । पछिल्लो समय सरकारले लकडाउन खुकुलो गरेसंगै कोरोना संक्रमण ह्वात्तै बढेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: