
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । बिहिबार कर्णालीमा ४ सय ७५ जनाको बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८६ वर्षिया बृद्धासहित चार महिलामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।
पुष्टी भएका मध्ये सुर्खेत वीरेन्द्रनगर नगरपालिकाकी २४ वर्षिया महिला, दैलेख महावु गाउँपालिकाकी ८६ वर्षिया महिला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्ला कनकासुन्दरी गाउँपालिकाकी ४३ वर्षिया महिला र मुगु खत्याड गाउँपालिका–८ की २८ वर्षिया महिलामा कोरोना संक्रमण देखिएको हो ।
कर्णाली प्रदेशमा योसंगै कोरोना संक्रमितको संख्या १९६० पुगेको छ । यस्तै, कर्णालीमा बिहीबार थप ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १८०८ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १४६ जना आइसोलेसनमा रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्