×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टी, १३ जना डिस्चार्ज !

PRIME CA

कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टी, १३ जना डिस्चार्ज !

अर्थ सरोकार

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सल्यान । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो ।

प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ८, सल्यानका २, रुकुम पश्चिमका ४, हुम्लाका १, अछामका ४, बर्दियाका १, काठमाडौंका १ र रौतहटका १ गरी २२ जनामा कोरोना देखिएको छ भने यस्तै चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा सल्यानका चार जनामा कोरोना देखिएको हो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा सुर्खेतले प्रदेशमा कोरोना संक्रमतिको संख्या २ हजार ४ सय २ पुगेको जनाएको छ । हालसम्म निको हुनेको सख्ंया २ हजार ७१ पुगेको छ भने पछिल्लो २४ घण्टामा १३ जना निको भएका छन् । हालसम्म प्रदेशमा कोरोनाबाट छ जनाको मृत्यु भएको  छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: