×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णालीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी, ५५ जना ‘डिस्चार्ज’ !

PRIME CA
GLOBAL IME BANK

कर्णालीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी, ५५ जना ‘डिस्चार्ज’ !

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कर्णालीमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणबाट ४ जना कालीकोट र १ जना रामेछापको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टी हुनेमा कालीकोटको रास्कोट नगरपालिका-२ का २२ वर्षीय पुरुष, खाँडाचक्र नगरपालिका वडानम्बर २, वडानम्बर ३ का २२/२२ वर्षीया युवती र रसान्नी त्रिवेणी गाउँपालिका-३ का ३० वर्षीय पुरुष रहेका छन् भने रामेछापको खाँडादेवी गाउँपालिका-१ का ३० वर्षीय पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यससँगै कर्णालीमा संक्रमितको संख्या १९६५ पुगेको छ । साथै, कर्णालीमा शुक्रबारसम्म डिस्चार्ज हुने संक्रमितको संख्या १८६३ पुगेको छ । शुक्रबार मात्रै प्रदेशका विभिन्न आइसोलेसनबाट ५५ जना डिस्चार्ज भएका छन् । कर्णालीमा हालसम्म छ जनाको मृत्यु भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: