
- अर्थ सरोकार सम्बाददाता
खोटाङ । कोरोना संक्रमण पुष्टी भएपछि जिल्ला अस्पताल खोटाङमा आकस्मिक तथा प्रसुती बाहेकका सेवा बन्द भएको छ । गत भदौ ४ गते रेफर गरेपछि पाटन अस्पताल पुर्याइएकी १६ वर्षिया किशोरीलाई सोमबार कोरोना संक्रमण पुष्टी भएपछि आकस्मिक तथा प्रशुती बाहेकका सेवा बन्द भएको हो । बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारी सहित ५६ जनाको नमूना संकलन गरेर पिसिआर परीक्षणका लागि मंगलबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको छ ।
संक्रमण पुष्टी भएसंगै अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालको आकस्मिक तथा प्रसुती बाहेकका सेवा बन्द गरिएको जिल्ला अस्पताल खोटाङले जनाएको छ । स्वास्थ्यकर्मी र कर्मचारीसँगै हाल आइसोलेसनमा बसिरहेका ६ जना प्रहरीको पनि स्वाव परीक्षणमा पठाइएको छ । यससँगै जिल्लाबाट पिसिआर परीक्षणमा पठाइएकामध्ये २० जनालाई संक्रमण भएको पुष्टी भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्