×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : मजदुरलाई एक छाक टार्न पनि धौ-धौ, तनहुँमा बाढीले पुल बगाएपछी आवतजावतमा समस्या !

PRIME CA

देश बोल्ने फोटो कथा : मजदुरलाई एक छाक टार्न पनि धौ-धौ, तनहुँमा बाढीले पुल बगाएपछी आवतजावतमा समस्या !

२८ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ?  यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले काठमाडौँ महानगरपालिका–२४ स्थित मखनटोलमा ठेलामा सामान लिएर जाँदै मजदुरदेखि तनहुँको भीमाद नगरपालिका–४ स्थितकोपुल भत्किएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या भएकोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
काठमाडौँ महानगरपालिका–२४ स्थित मखनटोलमा ठेलामा सामान लिएर जाँदै मजदुर ।
तनहुँको भीमाद नगरपालिका–४ स्थित मैदीखोलामा गत असार २९ गतेको बाढीले भत्किएको पुल । पुल भत्किएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । 
नेवार समुदायको प्रमुख चाड लाखेजात्राको अवसर पारेर बुधबार दिक्तेल बजारमा प्रस्तुत गरिएको लाखेनाच । विश्वभर फैलिएको कोराना भाइरसको महामारीका कारण यस वर्ष खोटाङमा लाखेजात्रालाई औपचारिकता मात्र दिइएको नेवार समुदायले बताएका छन् ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ मल्पिस्थित ‘हिमाल एकीकृत कृषि फर्म’ सञ्चालन गरी शुरु गरेको भैँसीपालन व्यवसाय । विदेशबाट फर्किएका युवाले फर्म सञ्चालन गरी सामूहिक रुपमा व्यवसाय शुरु गरेका हुन् ।
नवनिर्मित पुलमा रङ लगाउँदै जुम्लाको चन्दननाथ नगरपालिका– ७ का महिला । 
अन्तरराष्ट्रिय युवा दिवस २०७७ का अवसरमा बुधबार धनगढीस्थित कैलाली बहुमखी क्पाम्पसको प्राङ्गणमा वृक्षारोपण गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी ।
बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित सिद्धेश्वर शिवालय मन्दिर परिसरमा निर्माणाधीन शिवलिङ्ग मण्डप । मण्डपमा १०८ शिवलिङ्गका मूर्ति प्रतिस्थापन गरिने भएको छ ।
पोखरा महानगरपालिका–१४ चाउथेस्थित बेलचौतारामा पोखरा महानगरपालिकाको सहयोगमा निर्माण गरिएको खुल्ला व्यायामशालाको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला । 
ल्लाको बागलुङ नगरपालिका–३ मूलपानीमा म्याग्दी जिल्लाबाट आएर बस्नेत तरकारी फर्म खोल्नुभएको सरु बस्नेतको फर्मको हाइटेक टर्नेलमा उत्पादन भएको साग । उहाँले तरकारीबाट बार्षिक १२ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । 
भक्तपुुरको सूूर्यविनायक नगरपालिका सिपाडोलस्थित पुनःनिर्माण गर्दै डोलेश्वर महादेवको मन्दिर । 
तनहुँको व्यास नगरपालिका–३ व्यास गुफा क्षेत्र नजिक रहेको शान्तिवाटिका पार्क । कुनै बेला फोहर फाल्ने यस ठाउँ अहिले पार्क बनेपछि घुम्न आउने सर्वसाधारणको आकर्षण बढेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: