
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी हुँदा पनि कृषि विकास बैंकले केन्द्रीय कार्यालय सिल नगरी चरम लापरवाही गरेको पाइएको छ । बैंकका कर्मचारीमा बुधबार कोरोना संक्रमण पुष्टी भएपनि बैंकको सेवा सदाझैँ चलिरहेको छ । बिहीबारदेखि लकडाउन सुरु हुने भएपछि ग्राहकको चाप झन बढेको छ, जसले गर्दा बैंकको लापर्वाहिका कारण समुदायमा कोरोना फैलिने त्रास बढेको छ ।
यस विषयमा बुझ्दा बैंकका प्रवक्ताले समेत गैरजिम्मेवार अभिव्यक्ती दिएका छन् । ‘कोरोना संक्रमित कर्मचारीमा कुनै लक्षण छैन । ग्राहकको चाप पनि बढेको छ । बैंक किन सिल गर्नु ? कोरोना संक्रमित भेटिएपछि बैंक सिल गर्नुपर्छ भनेर कहाँ लेखेको छ ?’ बैंकका प्रवक्ता पौडेलले अर्थ सरोकारसँग भने ‘संक्रमित भेटीएको पनि हो, उनीहरु आइसोलेसनमा छन् । अरु कर्मचारीको परिक्षण पनि भएको छ । तर बैंक फिल केही भएको छैन, सिल गर्न आवश्यक पनि छैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्