Skip to content
LAXMI SUNRISE BANK

कृषि बिकास बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
कृषि बिकास बैंक लिमिटेडका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कपिलबस्तुस्थित कृषि बिकास बैंक लिमिटेडको एक शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । यसअघि पनि कृषि बिकास बैंक लिमिटेडको गुल्मी शाखाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो । 
यस्तै कपिलबस्तुमै ग्लोबल आइएमइ बैंकका ३ कर्मचारी र मेगा बैंक नेपाल लिमिटेडका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । मेगा बैंक नेपाल लिमिटेडमा पनि यसअघि पनि कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । 
यसअघि नबिल बैंक लिमिटेड, इटहरी, नेपाल बंगलादेश बैंक लिमिटेड, बिरगंज, मेगा बैंक लिमिटेड धादि, सेन्चुरी कमर्सियल बैंक लिमिटेड अछाम, प्रभु बैंक लिमिटेड सिमरा, गरिमा बिकास बैंक लिमिटेड रुपन्देही, कृषि बिकास बैंक लिमिटेड गुल्मी, राष्ट्रिय बाणिज्य बैंक लिमिटेड कपिलबस्तु लगायतका बैंकहरुमा पनि कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो । 
पछिल्लो समय बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी हुने क्रम बढिरहेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK