×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘मास्क लगाएर मात्र बैंकभित्र पस्नुहोस्’ भनेर आग्रह गर्दा कृषि बिकास बैंकका ग्राहकले कर्मचारीलाई कुटे, २ कर्मचारी घाइते !

  • अर्थ सरोकार सम्बाददाता 
कृषि बिकास बैंक लिमिटेडका कर्मचारी कुटिएका छन् । बैंकभित्र प्रवेश गर्न लागेका ग्राहकलाई मास्क लगाएर मात्र बैंकभित्र प्रवेश गर्न आग्रह गर्दा ती ग्राहकले बैंकका २ कर्मचारीमाथि कुटपिट गरेका छन्। कुटपिटबाट बैंकका कर्मचारी डोलराज श्रेष्ठ र वेदप्रसाद श्रेष्ठ घाइते भएका छन् ।  
घटना स्याङ्जाको चापाकोट नगरपालिकामा रहेको कृषि विकास बैंकको हो ।  कुटपिट गर्ने ग्राहकलाई प्रहरीले समात्नभने सकेको छैन । यस विषयमा बैंकलेसमेत कुनै पहल नगर्नुले त्यहाँका बैंकरहरु कति डरमर्दो तरिकाले काम गरिरहेका छन् भन्ने प्रष्ट हुने स्थानीयको भनाइ छ ।
‘बैंकको केन्द्रिय कार्यालयका प्रवक्ता बैंकमा कोरोना भेटिदा पनि बैंक सिल गर्नुपर्दैन भनेर अभिव्यक्ति दिन्छन् । तर उनलाई साबैले नमस्कार गर्छन् । तर कोरोनाको चेतना फैलाउने सुरक्षा गार्डलाई ग्राहकले पिट्छन् तर पिट्ने मान्छे पक्राउ पर्दैनन् । यस्तै छ हजुर यहाँको बिडम्बना ।’ शाखाका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने।         
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: