- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरका थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनले काठमाडौँमा ४८, भक्तपुरमा १३ तथा ललितपुरमा १ जनामा संक्रमण पुष्टी भएको बताए ।