×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: कुलमान घिसिङलाई नै नियुक्त गर्ने तयारी !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: कुलमान घिसिङलाई नै नियुक्त गर्ने तयारी !

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: कुलमान घिसिङलाई नै नियुक्त गरिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: घिसिङलाई दोहोर्याउने तयारीमा लागेका हुन् । घिसिङको कार्यकाल यहि भदौ २९ गते सकिँदै छ । 
भदौ २९ अघि नै मन्त्रालयका तर्फबाट उनलाई दोश्रो कार्यकालका लागि नियुक्ती गर्नका लागि प्रस्ताव लगिने मन्त्री पुनले बताए । उक्त प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेपछि उनी दोश्रो कार्यकालका लागि नियुक्त हुने पुनले बताए।
मन्त्री पुनले घिसिङलाई दोहोर्याउने विषयमा प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत परामर्श गरेका छन् । कार्यकारी निर्देशक घिसिङलाई ४ वर्ष अघि तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्ति दिएका थिए । यता सामाजिक सञ्जालमा पनि घिसिङलाई पुन: नियुक्त गर्नुपर्ने भन्दै चर्को आवाज उठेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: