
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
ललितपुर । ललितपुर महानगरपालिकाको वडा नम्बर ४ जावलाखेलमा महानगरपालिकाले पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आज पार्क निर्माणको शिलान्यास गर्नुभयो । भदौ २५ गतेसम्म निर्माण सम्पन्न गर्ने योजनाका साथ पार्क निर्माणको काम सुरु भएको हो । भोटेजात्रा भन्दा पहिले नै पार्कको निर्माण सकिने मेयर महर्जनले बताउनुभयो । भोटो देखाउने दिन पार्कको दक्षिण क्षेत्रमा जेष्ठ नागरिकलाई लस्करै राखेर भोटो देखाउने योजना रहेको उहाँले बताउनुभयो ।
बालमैत्री र अपाङ्गमैत्री पार्क निर्माण गर्ने महानगरपालिकाको योजनाअनुसार निर्माण सुरु भएको हो । महानगरपालिकाको वातवरण सुधार, सार्ववनकि जग्गाको संरक्षण र सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना छ । पार्क निर्माणका लागि महानगरले ९४ लाख ६१ हजार ४ सय ८४ बजेट विनियोजन गरेको छ । हेनुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्