
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लक्ष्मी बैंकले पनि गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले १ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएको थियो । चौथो त्रैमासको नाफाबाट बैंकले आफ्ना सेयरधनीलाई १ अर्ब १२ करोड रुपैयाँ अर्थात ११.४१ प्रतिशत लाभांश बाड्न सक्ने क्षमता राखेको छ ।
बैंकले यस अवधिसम्म आउँदा निक्षेप २० अर्ब रुपैयाँले बढाएको छ । गत वर्षको असार मसान्तसम्ममा भने बैंकले ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । ९ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी भएको यस बैंकको प्रति सेयर आम्दानी १५.१३ रुपैयाँ रहेको छ । यस्तै बैंकको बेसरेट ९.२३ प्रतिशत छ भने स्प्रेडदर ३.९४ प्रतिशत रहेको छ । वित्तीय विवरण अनुसार बैंकले कर्जा लगानी पनि १५ अर्ब रुपैयाँले बढाएको छ । बैंकको पूँजीकोष अनुपात १२.४६ प्रतिशत रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्