Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
लक्ष्मी बैंकका १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ। कपिलबस्तु स्थित लक्ष्मी बैंकको एक शाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
यस्तै एभेरेष्ट बैंक लिमिटेडका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ। कपिलबस्तु स्थित एभरेष्ट बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि बैंक सिल गरिएको छ । यस्तै कपिलबस्तुमा तिनाउ मिसन बैंकका ३ कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टी भएको छ । यस्तै कपिलबस्तुमै नेपाल बैंक नेपाल लिमिटेडका २ कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी बह्येको छ । 
‘संक्रमित कर्मचारीलाई छुट्टै आईसोलेट भएर बस्न भनेका छौं । विशेषगरी लोन, र क्यासमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।’ प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने, ‘अहिले शाखा पनि पूर्ण रुपमा बन्द गर्न निर्देशन गरेका छौं । अव स्थिति सामान्य नभएसम्म बैंक खुल्दैन।’ 
यस्तै मेगा बैंक नेपाल लिमिटेडका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कपिलबस्तुस्थित मेगा बैंक नेपाल लिमिटेडको एक शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 
यस्तै कपिलबस्तुमै ग्लोबल आइएमइ बैंकका ३ कर्मचारी र कृषि बिकास बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । मेगा बैंक र कृषि बिकास बैंक लिमिटेडमा यसअघि पनि कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । 
यसअघि नबिल बैंक लिमिटेड, इटहरी, नेपाल बंगलादेश बैंक लिमिटेड, बिरगंज, मेगा बैंक लिमिटेड धादि, सेन्चुरी कमर्सियल बैंक लिमिटेड अछाम, प्रभु बैंक लिमिटेड सिमरा, गरिमा बिकास बैंक लिमिटेड रुपन्देही, कृषि बिकास बैंक लिमिटेड गुल्मी, राष्ट्रिय बाणिज्य बैंक लिमिटेड कपिलबस्तु लगायतका बैंकहरुमा पनि कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो । 
पछिल्लो समय बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी हुने क्रम बढिरहेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK