×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लिवर्टी इनर्जीको ३५ लाख ६४ हजार ९३० कित्ता आइपिओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लिवर्टी इनर्जीको ३५ लाख ६४ हजार ९३० कित्ता आइपिओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

Artha Sarokar

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको ३५ लाख ६४ हजार ९३० कित्ता आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १ सय अंकित मूल्यमा ३५ लाख ६४ हजार ९३० कित्ता आइपिओ बिक्री खुल्ला गरेको हो । स्थानीय बासिन्दाहरुका लागि यसअघि निष्कासन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो ।
यस आइपीओमा लगानीकर्ताले छिटोमा भदौ ७ गते सम्म आवेदन दिन पाउनेछन् । उक्त समयमा सबै सेयर बिक्री नभएमा भदौ १७ गतेसम्म भर्न समय पाइनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । 
कम्पनीको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । यस एनर्जीको आइपीओले ग्रेड ४ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दाकम आधार जनाउने रेटिङ दिएको हो । यसले लमजुङ जिल्लाको फलेनी र दोदेनी गाउँपालिकामा, २५ मेगावटको अपर दोर्दी ‘ए’ हाइड्रोपावर निर्माण गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी